arrow

बलोचिस्तानका निजी अस्पतालहरूमा कोभिड विरुद्ध स्वास्थ्य व्यवस्था सुदृढ गर्न प्रान्तीय सर कारद्वारा निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
bolochistan-pakistan-hospital.jpg

क्वेटा । पाकिस्तानमा सरकारले निजी अस्पतालहरूमा शय्या, अक्सिजन आपूर्ति तथा आइसियुको क्षमता वृद्धि गर्न निर्देशन गरेको छ।कोरोना महामारीको समयमा बलोचिस्तान प्रान्तीय स्वास्थ्य सचिवले अक्सिजन आपूर्ति, शय्या तथा आइसियुको सङ्ख्या वृद्धि गर्न निजी अस्पतालहरूलाई निर्देशन दिएका हुन्।

गत मे ३ यता सर्वसाधारणलाई कोभिड १९ विरुद्ध खोप सुविधाका लागि दुई मोबाइल युनिटहरू सञ्चालन गरेको प्रान्तीय स्वास्थ्य सचिव नुरल हक बलोचले बताएका छन्। वृद्ध उमेर समूहका नागरिकहरूले आफ्नो प्रमाणपत्र सहित उपस्थित भई खोप लगाउन सक्ने बलोचले बताए।

निजी अस्पताल नियामक प्राधिकरणको बैठकलाई अध्यक्षता गर्दै बलोचले यस्तो बताएका हुन्। अस्पतालमा बिरामीको सङ्ख्या, शय्या, भेन्टिलेटर लगायत स्वास्थ्य सामाग्री उपलब्धताका बारेमा सरकारलाई दैनिक विवरण दिन स्वास्थ्य उप सचिवले निजी अस्पतालका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

निजी अस्पतालहरूमा खोप भण्डारण गर्ने कक्ष तथा तापक्रमको व्यवस्था स्वास्थ्य मन्त्रालयद्वारा निर्देशित मापदण्ड अनुसार हुनुपर्ने स्वास्थ्य सचिव बलोचले स्पष्ट पारेको पाकिस्तानी समाचारपत्र डनले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ