arrow

युरोपमा कोरोनाको तेस्रो लहर आउने डब्लुएचओको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
Hans-Kluge-e1600069744556.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ ।

बिहीबार न्युज ब्रिफिङका क्रममा बोल्दै डब्लुएचओको युरोप क्षेत्र प्रमुख हेन्स क्लुगले यस्तो चेतावनी दिएका हुन् ।

उनले युरोपमा १० हप्तासम्म संक्रमण कम भएपछि सावधानी नअपनाएको खण्डमा अब, डेल्टा भेरिअन्टले अर्काे लहर ल्याउने चेतावनी दिएका हुन् ।

'सावधानी एवं सुरक्षाका उपायँहरु नअपनाइएको खण्डमा कोरोना भाइरस संक्रमणको अर्काे वेब आउने छ' उनले भनेका छन् ।

युरोपमा नयाँ संक्रमितको संख्या गत हप्ता १० प्रतिशतले बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ