arrow

भारतमा करिब ४९ हजार सङ्क्रमति

logo
एएनआई,
प्रकाशित २०७८ असार १७ बिहिबार
corona-india-test5.jpg

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या  तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ ।          

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९९ हजार ४५९ पुगेको मन्त्रालयले जनाएको छ ।  

हाल भारतमा पाँच लाख २३ हजार २५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार  ५८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ