arrow

मनसुनजन्य विपद्को असर : देशभरका १४ सडक पूर्ण रूपमा अवरुद्ध, ६ सडक ‘वान वे’

हालसम्म देशभर २२ झोलुङ्गे पुल र १३ पक्की पुलमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
landslide-prithvi-highway-road-blocked.jpg

काठमाडौँ । केही दिन यता हुँदै आइरहेको वर्षाका कारण देशभरका विभिन्न स्थानमा पर्ने १४ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै वटा वटा विभिन्न सडक ‘वान वे’ सञ्चालन भएका छन् ।  गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शुक्रवार बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार १७ गतेबाट चतरा बराह क्षेत्र अन्तर्गतको सडक पहिरोका कारण अवरुद्ध छ । बराह क्षेत्र १ मोतिडाँडामा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।यसैगरी भोटेकोशी गाउँपालिका २ मा पर्ने हिम रिभर हाइड्रो पावर जाने सडक अवरुद्ध हुँदा चीनबाट सामान ल्याउने सवारी रोकिएका छन् । सो सडक ५ असारबाट नै अवरुद्ध रहँदै आइरहेको छ । 

यस्तै मकवानपुरको भीम फेदी गाउँपालिका ६ गढी ज्यालटारमा पहिरो गएपछि भीमफेदी-कुलेखानी सडक पूर्ण अवरुद्ध छ । यसै गरी १७ गतेबाट सोही गाउँपालिकाको गँगटे भन्ने स्थानमा पहिरो गएपछि कान्तिलोकपथ पनि अवरुद्ध छ ।  यसैगरी धादिङ रोराङ गाउँपालिका १० पतङ्गाखानी अन्तर्गत पर्ने पृथ्वी राजमार्गमा १७ गतेबाट लेदोसहितको पहिरो गएर पूर्ण रूपमा अवरुद्ध सो सडक एकतर्फी खुलाएको छ । 

यस्तै चितवनको इच्छा कामना गाउँपालिका ५ मा पर्ने मुस्लिन नारायणगढ खण्डको  २ नम्बर पुलमा पहिरो जाँदा १७ गतेबाट पूर्ण रूपमा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । सोही गाउँपालिकाको वडा नम्बर ६ चार किलोमा पहिरो जाँदा सो सडक पूर्ण अवरुद्ध छ ।  यसैगरी भरतपुर महानगरपालिका २९ केराबारी पहिरो गएपछि १७ गतेबाट नै पूर्ण रूपमा अवरुद्ध भएको सडक एकतर्फी खुलाइएको छ ।  यसैगरी काभ्रेको रोशी गाउँपालिका १ माच्मेखोला अन्तर्गत पर्ने बिपी राजमार्ग १७ गतेबाट नै अवरुद्ध छ । सो सडक पहिरोका कारण अवरुद्ध भएको र एकतर्फी खुलाइएको गृह मन्त्रालयले जनाएको छ । 

यस्तै १७ गतेबाट सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा पहिरो झरेपछि  पूर्ण रूपमा सडक अवरुद्ध छ । यसैगरी १७ गतेबाट नै ललितपुरको बागमती गाउँपालिका २ मा पर्ने कान्तिलोकपथ पनि परिोले पूर्ण रूपमा बन्द छ भने ललितपुरकै गोदावरी नगरपालिका ६ टिकाभैरबमा पर्ने कान्तिोलोकपथमा पनि पहिरो गएपछि सडक अवरुद्ध छ । 

यस्तै १७ गतेदेखि नै लमजुङको बेसीशहर नगरपालिका ६ खरखरेमा पर्ने मनाङ सडक खण्ड पनि  पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने तनहुँको भानु नगरपालिका ११ रमाइलो डाँडामा पहिरो गएपछि डुम्रे बेसीशहर सडक १७ गतेबाट पूर्ण रूपमा अवरुद्ध छ ।  यसैगरी जुम्लाको हिमा गाउँपालिका ६ पातर भन्ने स्थानमा पहिरो गएपछि नाग्मा मुगु सडक पूर्ण रूपमा अवरुद्ध छ तर आज बिहानबाट सो सडकमा साना सवारीहरू सञ्चालनको प्रयास भइरहेको छ । सो सडक १६ गतेबाट अवरुद्ध छ । 

यसैगरी बाजुरामा पनि मार्तडी सडक खण्ड नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको रहँदै आएको छ । सो सडक खण्ड ४ असारबाट नै अवरुद्ध छ । यस्तै पोखराबाट सारङकोट जाने सडक भासिएपछि पोखरा महानगरपालिका १८ घरेलु भन्ने स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।  

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्रले शुक्रवार बिहान १० बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न सडकको अवस्था यस्तो देखिएको हो । यसबाहेक देशभरका दर्जनौँ स्थानमा ससाना बाढी तथा पहिरोका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध भएका छन् । ती सडक केही बेरमा सुचारुसमेत भएका छन् । 

२२ वटा झोलुङ्गे र १३ पक्की पुलमा क्षति 
राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष मनसुन सुरु भएपछि हालसम्मका बाढी तथा पहिरोका घटनाबाट देशभर सञ्चालनमा रहेका २२ झोलुङ्गे पुल, १३ पक्की पुल र पाँच वटा काठको पुलमा क्षति पुगेको छ । 

३६ सरकारी कार्यालयमा भौतिक क्षति
यसैगरी ३६ वटा सरकारी कार्यालयमा पनि बाढी पहिरोका घटनाबाट भौतिक क्षति भएको छ । धेरै जसो सरकारी कार्यालयहरूमा बाढी तथा पहिरोबाट क्षति पुगेको छ भने केही स्थानमा डुबानको समस्याका कारण क्षति पुगेको छ ।  यस्तै मनसुनजन्य विपद्का कारण यस वर्ष हालसम्मको अवधिमा ६ वटा सामुदायिक भवन तथा विद्यालय, १३ वटा हाइड्रो र दुई वटा बैङ्क तथा वित्तीय संस्थामा क्षति पुगेको गृह मन्त्रालय अन्तर्गतको केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ