arrow

अमेरिकी सेनाले छोड्यो अफगानिस्तानको मुख्य सैन्य अखडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
Bagram us army afganistn.png

काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तानमा रहेको मुख्य सैन्य अखडा खाली गरेको छ । तालिबानसँगको दुई दशक लामो युद्धपछि अमेरिकी सेनाले अफगानिस्तानको मुख्य सैन्य आधार (अखडा) छोडेको एक अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।

अफगानिस्तानको बग्राम सैन्य अखडाबाट सबै अमेरिकी र नाटोका सेनाहरु फिर्ता भएको ती अधिकारीले रोयटर्सलाई बताएका छन् ।

काबुलदेखि ६० किलोमिटर उत्तरमा रहेको बग्राम सैन्य अखडा खाली भएसँगै अफगानिस्तानमा अमेरिकी नेतृत्वको मिसन अन्त्यतिर आइपुगेको देखिन्छ ।

यो सैन्य अखडा अब अफगानी सेनालाई हस्तान्तरण गरिने भएको छ । जुलाई ४ सम्म अफगानिस्तानबाट सबैजसो सैनिकहरु निश्कि सक्ने बताइएको छ ।

बाँकी केही सैन्य बल दुतावासको सुरक्षाका लागि रहने छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्म अफगानिस्तानबा आफ्नो सेना फिर्ता लगिसक्ने घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ