arrow

कृषक विरोधी चिनी कारखाना ऐन फिर्ता लिन पाकिस्तानका कृषकहरूको माग

logo
एजेन्सी
प्रकाशित २०७८ असार २० आइतबार
Pakistan-Flag.jpeg
फाइल तस्बिर

लाहौर। पन्जाबका किसानहरूको प्रतिनिधित्व गर्ने सङ्घसंस्था किसानहरूको संरक्षणका लागि भेला भएका छन्। उनीहरूले पन्जाब विधान सभाले ल्याएको कृषि र किसान विरोधी कानुनलाई फिर्ता गर्न माग गरेका छन्।

किसान नेताहरूले किसान विरोधी चिनी कारखाना संशोधन ऐन २०२० पारित भएकोमा सम्पूर्ण खेती गर्ने समुदायले आफ्नो चिन्ता व्यक्त गरेको बताएका छन्। उनले किसान विरोधी संशोधनहरूको विश्लेषण गरेको र सर्वसम्मति धारणाबाट केही संशोधनहरू गर्नुपर्ने भएकोले यथास्थितिमा स्वीकार गर्न नसकिने जनाइएको छ। किसान र पाकिस्तानको अर्थव्यवस्थाका लागि संशोधित कानुन अत्यधिक हानिकारक रहेको बताइएको छ।

यी चिनी कारखाना अध्यादेश २०२० शतप्रतिशत किसान विरोधी भएका कारण तत्काल संशोधन गर्नुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्रीको निर्देशनमा जारी गरिएको यो कानुनले उखु उत्पादक किसानलाई ठुलो नोक्सान गर्ने भएकोले यसलाई तत्काल संशोधन नगरिए फेरि चर्को आन्दोलन गर्नुपर्ने चेतावनी दिइएको छ। 

उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति किसान इत्तेहाद खालिद खोखर, पन्जाब जल परिषद्का फारूक बाजवा र किसान सङ्घका प्रतिनिधिहरू सहित किसान बचाउ तहरीकले पन्जाबका सबै किसानहरूले यस कानुनको संशोधनका लागि दबाब दिनुपर्ने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ