arrow

चीनको महत्त्वाकाङ्क्षी परियोजना बीआरआईको अफ्रिकामा प्रतिकार, वातावरण विनाश गरेको आरोप

logo
एजेन्सी
प्रकाशित २०७८ असार २० आइतबार
uganda-tanzania-pipeline-bri-china.jpg
फाइल तस्बिर

हङकङ। चीनको महत्त्वाकाङ्क्षी परियोजना बीआरआईलाई अफ्रिकामा प्रतिकार गर्दै लागु गर्न नहुने आवाजहरू उठिरहेका छन्। अफ्रिकामा वातावरण विज्ञ र नागरिक समाज समूहले बीआरआईले वातावरण विनाश गरेको उल्लेख गर्दै यसलाई लागू गर्न नहुनेमा जोड दिएका छन्।

हङकङस्थित साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) को एक रिपोर्टका अनुसार युगान्डा र तान्जानियाले गत साता दुई देशबिच तेल पाइपलाइन निर्माणको लागि अग्रसरता जनाएका थिए। तर, पर्यावरणविद्हरूले पनि यसलाई खारेज गर्न माग गरेका थिए।

राज्यको स्वामित्वमा रहेको चाइना नेश्नल अपसोर तेल कर्प, यस परियोजनामा ​​प्रमुख लगानीकर्ता हो। यस चिनियाँ कम्पनीले नै अफ्रिकामा तेल पाइपलाइन विस्तार गर्ने योजना बनाएको थियो।

एससीएमपीका अनुसार, बैङ्क ट्र्याक, अफ्रिका संस्थान ऊर्जा प्रशासन र अफ्रिका लगायतका हरित समूहहरूले भनेका छन्, "निकासी साइट र पाइपलाइन दुवैले युगान्डा र तान्जानियाको वन्यजन्तु क्षेत्र, पानीको स्रोत र समुदायको वातावरणीय र सामाजिक जीवन जोखिममा पार्छ।" एक हजार ४४५ किलोमिटर पाइपलाइन मार्फत तातो कच्चा तेल युगान्डाबाट टाँगोको बन्दरगाहसम्म लैजाने योजना छ।

अफ्रिकाका कार्यकर्ता र वातावरणीय विज्ञहरूले बीआरआई परियोजनाहरूले महादेशको पारिस्थितिक प्रणालीलाई नराम्रो असर पारेको बताएका छन्।

गुयनामा, चीनले सिमान्डौ हिमालहरूमा उच्च ग्रेड फलामको विशाल भण्डारमा लगानी गर्ने योजना बनाएको छ। यस परियोजनाले बेइजिङलाई क्यानबेरासँगको तनावको बिच अस्ट्रेलियाको आयातमाथिको आफ्नो निर्भरता कम गर्न मद्दत पुर्‍याउँछ। आलोचकहरूले यसले जीविकोपार्जन पनि नष्ट गर्ने भन्दै खारेज गरिनुपर्ने माग राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ