arrow

भारतमा दैनिक २.३४ प्रतिशत संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ असार २० आइतबार
corona-india-test5.jpg

नयाँ दिल्ली ।भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक संक्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ ।  भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना संक्रमित थपिएका छन् ।    

लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम संक्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने । भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको पाइएको छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८५ हजार ३५० रहेको छ ।  पछिल्लो एक हप्तामा भारतमा थप नयाँ संक्रमितहरुको सङ्ख्या २.४४ प्रतिशत रहेको छ, भने दैनिक संक्रमितहरुको सङ्ख्या २.३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ ।  

भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ