arrow

बाढी पहिरो प्रभावितलाई अस्थायी घर बनाउन सरकारले ५० हजार दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
bishnu-poudel.jpg

काठमाडौँ । सरकारले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेर क्षति भएका घर बनाउनका लागि ५० हजार नगद सहयोग गर्ने भएको छ । 

गृहमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारलाई सरकारले ५० हजारका  दरले सहयोग गर्ने बताएका हुन् । 

पौडेलले अस्थायी बसोबासका लागि सरकारले सो रकम जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने जानकारी दिएका हुन् । उनका अनुसार मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लामा बाढी तथा पहिरोमा परेका घरहरू पूर्ण रूपमा क्षति भएका छन् । 

पौडेलले यस वर्ष १६ वैशाखसम्म मनसुनजन्य प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा पूर्ण क्षति पुगेको र १ सय १२ घरमा सामान्य क्षति भएको बताए ।  यो अवधिमा ३६ सरकारी कार्यालय र ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको उनले जनाएका छन् । 

यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुँमा १ उदयपुर मोरङ र सिराहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको पौडेलले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ