arrow

रुपा सुनारद्वारा जातीय छुवाछूत गर्ने विरुद्ध कारबाही माग गर्दै रिट निवेदन

मन्त्री कृष्णगोपाल श्रेष्ठ, घरधनी सरस्वती प्रधान, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबार विपक्षी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
supreme-court-long.jpg

काठमाडौं। सर्वोच्च अदालतमा तनहुँ व्यास नगरपालिका घर भई हाल बबरमहल बस्ने रुपा सुनारले आफूमाथि जातीय छुवाछूत गर्ने विरुद्ध कारबाही गर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधान, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो । रिट निवेदनमा कोठा भाडामा लिनेदिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय कामी थरको भन्ने थाहा पाएपछि कोठा दिन अस्वीकार गरेको उल्लेख छ ।

संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछूत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मेरो मौलिक हकको संरक्षणका गर्न आदेशको माग रिट निवेदनमा गरिएको छ । शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले हुँदा निजलाई पदबाट हटाई जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहीको मागसमेत रिट निवेदनमा गरिएको छ ।

घरबेटीको उक्त कार्यबाट आफूलाई आत्मसम्मान तथा मर्यादामा चोट पुगेको हुँदा विपक्षीविरुद्ध जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८  अनुसार कारबाही गर्न माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ