- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काबुल। अफगानिस्तानको शान्ति स्थापना गर्न सन् २००१ देखि बसिरहेको अमेरिकी सेनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को सेप्टेम्बर ११सम्ममा फिर्ता लैजाने घोषणा गरेका छन्।
अमेरिकाले सेना फिर्ता गर्ने घोषणा गरेसँगै तालिबान समूहले आक्रमणका घटनाहरू बढाएका छन्। यही क्रममा भएको एक आक्रमणमा अफगानिस्तानको सुरक्षामा खटिएका दुई अमेरिकी सेनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
पूर्वी अफगानिस्तानका भएको आक्रमणमा दुई जनाको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ। अफगानिस्तानस्थित अमेरिकी सेनाका प्रवक्ता कर्णेल सोनीले शनिवार राति उक्त घटना भएको बताएका हुन्।
पूर्वी अफगानिस्तानको नानग्राहर प्रान्तस्थित शेरजाद जिल्लामा उक्त घटना भएको जनाइएको छ। तालिबानी समूहले संयुक्त गस्तीमा रहेको अमेरिकी र अफगानी सेनामाथि आक्रमण गरेको हो। उक्त आक्रमणको थप अनुसन्धान गरिरहेकोसमेत उनले बताएका छन्।
अफगानिस्तानमा रहेको तालिबानी समूहले सन् २०२० मा भएको भएको शान्ति सम्झौता उल्लङ्घन गर्दै अलकायदासँगको सम्बन्धलाई बढाउँदै लगेको छ भने आक्रमणहरू पनि गरिरहेको छ। यसले गर्दा यस क्षेत्रमा थप शान्ति बिग्रिने चिन्ता बढेको छ।