अमेरिकी सेनालाई सैन्य अड्डा राख्न दिएको भन्दै प्रधानमन्त्री खानको आलोचना
एजेन्सी
प्रकाशित २०७८ असार २१ सोमबार
733
Shares
इस्लामाबाद। पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टोले मुलुकमा संयुक्त राज्य अमेरिकालाई सैन्य अड्डा स्थापना गर्न अनुमति दिने सरकारको निर्णयको आलोचना र निन्दा गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अफगानिस्तान छोड्ने अमेरिकी सेनाको लागि पाकिस्तानको भूमिमा सैन्य अड्डाहरू बनाउने विषयमा प्रधानमन्त्री इमरान खान सरकारसँग वार्ता गरेको बताइएको छ।
आइतबार चारसद्दा जिल्लाको वली बागमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पीपीपी अध्यक्ष भट्टोले छिमेकी अफगानिस्तानको परिवर्तनशील अवस्थाका कारण अमेरिकालाई पाकिस्तानमा अड्डाहरू दिइने सहमति भएको हो भने पनि अफगानिस्तानको द्रुत गतिमा परिवर्तन भइरहेको अवस्थाबारे सबै राजनीतिक नेताहरूसँग परामर्श लिनुपर्ने बताए।
भुट्टोले सरकारले सलाला चेकपोस्टमा ड्रोन हमलामा कडा अडान नलिएको र इमरान खान प्रशासनले विदेशी शक्तिको पछि लागेर मुलुकलाई रणभूमि बनाउन खोजेको भन्दै आलोचना गरे।