arrow

कोरोना विरुद्धको खोप वितरणमा समानता होस् : बान कि मुन

logo
रासस–एएफपी
प्रकाशित २०७८ असार २१ सोमबार
banki-moon.jpg.jpeg
फाइल तस्विर।

बेईजिङ। संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरूले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन्। 

उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरूले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन् । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने– यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ । 

उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरू परिरहेका प्रसङ्ग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरूको बिस्तारै अर्थात् नजानिँदो रूपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडो चाँडो ज्यान लिएको छ भने ।

यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि उनले सो कन्फ्रेन्समा जोड दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ