arrow

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

logo
सिन्ह्वा
प्रकाशित २०७८ असार २१ सोमबार
corona-india-test5.jpg

नयाँ दिल्ली।  भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा भारतमा ३९ हजार ७ सय ९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजार भन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा  कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २ सय २९  पुगेको सो मन्त्रालयले जनाइएको छ । 

यसै अवधिका भारतमा कोरोना सङ्क्रमणबाट ७ सय ४३ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या चार लाख २ हजार ७ सय २८ पुगेको छ । हाल भारतमा चार लाख ८२ हजार ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टाको समय अवधिमा ४२ हजार ३ सय ५२ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९७ लाख ४ सय ३० कोरोना भाइरस मुक्त भएका छन् । 

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म यहाँ  ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ