arrow

जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

logo
एएनआई,
प्रकाशित २०७८ असार २१ सोमबार
japan-landslide.jpg

टोकियो। जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन्। गत शनिवार बिहान आएको पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहे पनि अहिलेसम्म पनि नभेटिएका हुन्।

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक वर्षपछि ठुलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भए पनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे।

घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरूले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ। प्रहरी अधिकारीहरूले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन्।

सरकारी अधिकारीहरूले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ