arrow

कोभिडबाट एक हजारभन्दा बढी इन्डोनेसियाली स्वास्थ्यकर्मीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असार २१ सोमबार
corona-virus-medical.jpg
फाइल तस्बिर

जकार्ता। कोभिड–१९ को महामारीका कारण इन्डोनेसियामा कम्तीमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरूको सङ्गठन (पीइआरएसआई) ले सोमबार जानकारी गराएको छ।

इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको कोभिड–१९ को सङ्क्रमणका कारण करिब ६० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

पीइआरएसआईका महासचिव लिया गार्डेनिया पार्काकुसुमाका अनुसार मृतक स्वास्थ्यकर्मी मध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ दन्त चिकित्सक, ३२८ नर्स, २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन्।

मे महिनामा ईद–उल–फित्रको लामो छुट्टी र अधिक सङ्क्रामक डेल्टा भेरिएन्टमा प्रवेश गरेपछि इन्डोनेसियामा कोभिड १९ को महामारी बढेको थियो र अधिकांश स्वास्थ्यकर्मीको यही समयमा मृत्यु भएको हो।

यसैबीच, कोभिडबाट स्वास्थ्य लाभ गर्ने स्वास्थ्यकर्मीहरूसँग आराम गर्न पर्याप्त समय छैन। उनीहरूले महामारीका कारण वृद्धि भएका बिरामीको रेखदेख गर्न आफूले आराम पनि नगरी काममा फर्किनुपर्ने अवस्था रहेको परता कुसुमाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ