arrow

इजरायली प्रधानमन्त्री र रुसी राष्ट्रपति चाँडै भेट गर्न सहमत

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असार २१ सोमबार
russia-putin-israel-bennett-naftali.jpg

जेरूसेलेम। इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच छिट्टै भेटवार्ता गर्ने सहमति सोमबार भएको छ। प्रधानमन्त्री बेनेटको कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत दुई नेताबीच भेटवार्ताका लागि सहमति बनेको जानकारी गराइएको हो।

बेनेटले सत्ता सम्हालेपछि रुसी नेता पुटिनसँग भएको पहिलो फोन वार्तालापमा दुवै नेताले सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल आदानप्रदान भएको हो। 

रुसले क्षेत्रीय स्थायित्व कायम गर्न र अपहरणकारी र बेपत्ताको सवालमा गरेको सहयोगका लागि पुटिनको भूमिकाका लागि बेनेटले धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले १९९० को दशकदेखि इजरायलमा बसाइएका १० लाख भन्दा बढी रुसी यहुदी व्यक्तिहरूको भूमिकाबारे पनि छलफल गरेका बेनेटले बताए। पुटिनले ‘दुई देशबीचको पुल’को रूपमा काम गर्नेमा बेनेटले विश्वास व्यक्त गरेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ