arrow

ताज विश्वको सबभन्दा बलियो होटेल ब्रान्डको रेटिङमा

logo
एजेन्सी
प्रकाशित २०७८ असार २३ बुधबार
taj-hotel-india.jpg

नयाँ दिल्ली। टाटा समूहको आतिथ्य फर्म इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल) ले शुक्रवार आफ्नो 'ताज' ब्रान्डलाई विश्वको सबैभन्दा बलियो होटेल ब्रान्डको रूपमा रेटिङ गरिएको जनाएको छ।

ब्रान्ड फाइनान्सको 'होटेल ५०, २०२१' को रिपोर्ट अनुसार अन्य उपलब्धिहरू बाहेक महामारीले पैदा गरेका चुनौतीहरूको बाबजुद पनि लचिलोपनाका लागि ताज सबैभन्दा ठुलो ब्रान्डको सूचीमा रहेको छ।

२०१६ पछि ताज ब्रान्ड पहिलो पटक र्‍यांकिङमा प्रवेश गरेको हो र यो विश्वका होटेल हरूमा ३८ औँ स्थानमा थियो। ब्रान्ड फाइनान्स एक विश्वव्यापी ब्रान्ड मूल्याङ्कन परामर्श फर्म हो। यसले मार्केटिङ लगानी, ग्राहक परिचित, कर्मचारी सन्तुष्टि, र कर्पोरेट प्रतिष्ठा जस्ता मापदण्डहरूमा आधारित, ब्रान्डको सापेक्ष मूल्याङ्कन गर्दछ।

"यी मापदण्ड अनुसार ताज (ब्रान्ड भ्यालु २९६ मिलियन अमेरिकी डलर) संसारको सबभन्दा बलियो होटेल ब्रान्ड बनेको छ। जसको ब्रान्ड स्ट्रेस इन्डेक्स (बीएसआई) १०० मध्ये ८९ दशमलव ३ रहेको छ र सम्बन्धित एएए ब्रान्ड शक्ति रेटिङ छ," ब्रान्ड फाइनान्सले रिपोर्टमा भनेको छ।

ताज पछि दोस्रो स्थानमा प्रिमियर इन, मेलिया होटल्स अन्तर्राष्ट्रिय (तेस्रो), एनएच होटेल समूह (चौथो) र साङ्ग्रिला होटेल एन्ड रिसोर्ट्स रहेका छन्। 

उक्त उपलब्धिबारे टिप्पणी गर्दै आईएचसीएलका प्रबन्ध निर्देशक र सिइओ पुनीत छतवालले भने, "ताजलाई विश्वको सबभन्दा शक्तिशाली होटेल ब्रान्डको रूपमा दर्जा दिइनु हाम्रा अतिथिले निरन्तर हामीमाथि राखेको विश्वासको प्रमाण हो र हाम्रा कर्मचारीहरूले दिनरात नभनी गरेको इमानदार मिहिनेतको परिणाम हो।" 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ