arrow

आणविक हतियार बनाउने बाटोमा इरान, अमेरिका र युरोपेली मुलुकहरू चिन्तामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
iran urenium.jpg

काठमाडौं । इरानले २० प्रतिशत  शुद्धीकरणसहितको युरेनियम धातु उत्पादन गर्ने निर्णय गरेको छ । यसरी उत्पादन गरेको युरेनियम धातु आणविक हतियार बनाउन प्रयोग गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए)ले मङ्गलवार इरानले २० प्रतिशत शुद्धीकरणसहितको युरेनियम उत्पादन थालेको बताएको हो । यसबाट सन् २०१५ मा भएको आणविक सम्झौता अघि बढ्न नसक्ने देखिएको छ ।

इरानको यो कदमको अमेरिका र युरोपेली मुलुकहरूले निन्दा गरेका छन् । अमेरिकाले भने, आणविक सम्झौताका लागि वार्ता गर्न ढोका खुला रहेको समेत बताएको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले पत्रकारहरूसँग बोल्दै इरानले आणविक हतियार बनाउने बाटोतर्फ कदम चालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सन् २०१५ मा इरानले २ प्रतिशतसम्म शुद्धीकरण सहितको युरेनियम मात्रै उत्पादन गर्न सक्ने किसिमले भएको आणविक सम्झौताबाट सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेका थिए ।

सो सहमतिका लागि अझै पनि वार्ता अघि बढ्न नसक्दा इरानले आणविक हतियार बनाउने बाटोतर्फ थप कदम चालेको हो। यसबीच, जमर्नी, फ्रान्स र युकेले समेत इरानको यो कदममाथि चिन्ता व्यक्त गरेका छन् ।

यद्यपि, युरेनियम धातुको अनुसन्धान र विकासका लागि इरानसँग आवश्यक जनशक्ति नभएको  जमर्नी, फ्रान्स र युकेले संयुक्त वक्तव्यमा भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ