arrow

जनमत सङ्ग्रह अघि नै हाइटीका राष्ट्रपतिको घरमै हत्या

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असार २३ बुधबार
haiti-president.jpg

मेक्सिको सिटी । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनको निजी निवासमा गोली हानी हत्या गरिएको छ ।

हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधवार जारी विज्ञप्तिमार्फत राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका छन्।

मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत सबैभन्दा गरिब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए ।

उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो । 

अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत सङ्ग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ । 

राष्ट्रिय निर्वाचन आयोगले जनमत सङ्ग्रहलाई  सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै वर्षको जुन २६ मा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ