arrow

खोप लगाउन नमान्नेको घर दैलोमा पुगेरै लगाइने बाइडेनको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
biden.png

न्यूयोर्क । अमेरिकी जो राष्ट्रपति बाइडेनले सबै नागरिकलाई बिना हिचकिचाई खोप लगाउन पुनः आग्रह गरेका छन् । नागरिकले स्वतस्फूर्त नजिकका स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप नलिएमा खोपको लागि प्रशासन घरघरमा पुगेर भएपनि खोप अभियानलाई सम्पनन गर्ने र नागरिकलाई महामारीबाट सुरक्षा प्रधान गर्ने उनले बताएका छन् । 

जुलाईको चौथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो मात्रा खोप लगाउने लक्ष्य पूरा गर्न बाइडेन प्रशासनले घरदैलो कार्यक्रम शुरु गरिसकेको छ ।   अति सङ्क्रामक मानिएको कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फैलन त्रास बढिरहेका बेला सबै नागरिकलाई खोप लगाउने आफ्नो लक्ष्य पूरा गर्न बाइडेन प्रशासनले नयाँ कार्यक्रम ल्याएको हो ।

बाइडेनले भने, “अब हामीलाई समुदायद्वारा समुदाय, छिमेकीद्वारा छिमेकी र घर-घर जानु जरुरी छ । साँच्चिनै दैलो दैलो पुगेर भाइरसबाट बाँकी नागरिकलाई पनि जोगाउन सकियोस् ।”

अमेरिकीहरूबीच खोप अभियानबारे सकारात्मक तथा नकारात्मक दुबै बुझाई रहेको पाइन्छ । सरकारको यस कार्यक्रमको आलोचकहरुले खोपको विश्वसनियातामाथि अविश्वास प्रकट गर्न पाउने बताएका छन् । सरकारले खोप उपलब्ध गराउनुपर्ने तर लगाउने नलगाउने निर्णय लिन व्यक्तिलाई स्वतन्त्रता दिनुपर्ने कोभिड-१९ विरूद्धको खोपका आलोचकहरूको भनाइ रहेको छ । 

अमेरिकामा खासगरी केही रिपब्लिकन सांसद र सदस्यहरू धेरै मानिससँग आफ्नै शरीरको एण्टीबडी हुने भन्दै खोप लिन बाध्य बनाउन नपाइने बताइरहेका छन् । कसैले खोप लगाउने-नलगाउने भन्ने विषय सरकारको सरोकार नभएको भन्दै उनीहरूले घर घर आउनेहरुलाई वेवास्ता गर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ