arrow

दुई पटक कोरोना लागेका कांग्रेसका पूर्व मुख्यमन्त्री सिंहको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
birbhadra-singh-india-cm.JPG

काठमाडौं । दुई पटक कोरोना भाइरसको महामारी भएपछि भारतको हिमाचल प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता वीरभद्र सिंहको निधन भएको छ । उनको बिहीबार बिहान स्थानीय समयअनुसार ३ः४० बजे शिमलाको इन्दिरा गान्धी मेडिकल कलेजमा निधन भएको हो । लामो समयदेखि बिमार सिंह करिब दुई महिनादेखि अस्पतालमा उपचाररत रहेका थिए । 

गत सोमबार स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको थियो । उनलाई दुईपटक कोरोना भएको थियो । पहिलो पटक १२ अप्रिलमा र दोस्रो पटक जुन ११ तारिखमा उनलाई कोरोना देखिएको थियो । 

सिंह जुन २३ तारिख १९३४ मा जन्मिएका थिए । उनका पिता पदम सिंह बुशहर सियासतका राजा थिए । वीरभद्र पहिलो पटक सन् १९६२ मा बहासू सिटबाट लोकसभा चुनाव जितेका थिए ।

उनी सन् १९८३ मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए । उनी १९८३ देखि १९८५ सम्म, १९८५ देखि १९९० सम्म, १९९३ देखि १९९८ सम्म, १९९८ मा नै केही दिनका लागि चौथो पटक, २००३ देखि २००७ सम्म पाँचौं पटक र २०१२ देखि २०१७ सम्म छैटौं पटक हिचाचल प्रदेशका मुख्यमन्त्री बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ