संक्रमणमुक्त भन्दा संक्रमित हुनेको सङ्ख्या बढी, २९ जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
1.3k
Shares
काठमाडौँ । नेपालमा सङ्क्रमणमुक्त हुने भन्दा संक्रमित हुनेको सङ्ख्या बढी रहेको छ । बिहीबार एक हजार २ सय ८६ जना सङ्क्रमणमुक्त हुँदा संक्रमित हुनेको सङ्ख्या भने एक हजार ८ सय ७५ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८ सय ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २ सय ८६ जना सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ४ जनाको नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै साथै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १५ हजार ६ सय १३ पुगेको छ ।
मुलुकभर पाँच हजार ३ सय ७४ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार २ सय १८ जनामा र पाँच हजार १ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा निको हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २९ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ३२० पुगेको छ ।