arrow

विश्वमा भोकमरीले एक मिनेटमा ११ जनाको मृत्यु हुँदै, कोरोना भन्दा भयावह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
hunger.jpg

काठमाडौं । भोकमरीका कारण प्रत्येक मिनेटमा ११ जनाले ज्यान गुमाइरहेको नयाँ रिपोर्ट सार्वजनिक भएको छ ।

बेलायत स्थित परोपकारी संस्था अक्सफामले सार्वजनीक गरेको रिपोर्टले कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने भन्दा भोकमरीले मृत्यु हुनेको संख्या बढेको बताएको हो ।

यस बर्ष विश्वका ५५ देशमा करिब १५ करोड ५० लाख मानिस भोकमरी र गरिबिको चरम अवस्थामा पुगेका छन् । गत, वर्ष २ करोड मानिसमात्रै यो अवस्थामा पुगेका थिए ।

यस्तै भोकमरीकै कारण प्रति मिनेट ११ जनाले ज्यान गुमाइरहेका कुरा अक्सफामको रिपोर्टमा उल्लेख छ । जुनकी कोरोना भाइरसको महामारीले प्रति मिनेटमा ७ जनाले ज्यान गुमाइरहेका छन् ।

भोकमरी बढ्नुको मुख्य कारण कोरोना भाइरसको महामारी, द्धन्द्ध र जलवायु परिवतर्न भएको रिपोर्टमा उल्लेख छ । यसभन्दा पनि भयावह अवस्था आउन सक्ने भन्दै संस्थाले तत्काल विश्व शक्तिहरुलाई यसविरुद्ध लाग्न आह्वान गरेको छ ।

कंगो, अफगानिस्तान र दक्षिणी सुडानलाई भोकमारीको केन्द्र बिन्दुका रुपमा रिपोर्टले राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ