arrow

तालिबान सक्रिय भएसँगै भारतले पनि फिर्ता बोलायो अफगानिस्तानबाट आफ्ना अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
Taliban.jpg

काठमाडौं । भारतले  आइतबार अफगानिस्तानको राजनधानी कान्धरबाट आफ्ना अधिकारी फिर्ता बोलाउने घोषणा गरेको छ । कान्धरस्थित भारतीय दुतावासका अधिकारीहरुलाई केही समयका लागि फिर्ता बोलाउने निर्णय भारतले गरेको हो ।

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सेना आउँदो सेम्पटेम्बर ११ मा फिर्ता लगिसक्ने घोषणा गरेको थियो । सेप्टेम्बर ११ मिति तोके पनि अमेरिकाले जुलाइको पहिलो सातातिर नै लगभग सबै सेना फिर्ता लगिसकेको बताइएको छ ।

यसबीच अफगानिस्तानमा तालिबानको विस्तार बढेको छ । अफगानिस्तानका थुप्रै मुख्य शहरहरुमा तालिबानले आफ्नो पकड बनाउँन थालेको छ ।

अफगानिस्तानबाट तालिबानलाई हटाउन भनेर सन् २००१ मा सेना सहित अफगान युद्धमा होमिएको अमेरिका अहिले त्यो योजना सफल नपारेरै फिर्ता हुन लागेको छ ।

हाल अशरफ घनीको नेतृत्वमा रहेका अफगान सरकारविरुद्ध तालिबान बलियो बन्दै गइरहेको छ । अफगानिस्तान सरकारसँग रहेको भन्दा बढी क्षेत्रमा तालिबानको पकड रहेको छ ।

यस्तो अवस्थामा अमेरिकाले समेत आफ्ना धेरै अधिकारीहरु यसअघि नै फिर्ता बोलाइसकेको छ । भारतले पनि आइतबार यो निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ