arrow

१२ बर्षपछि घर फर्किए नेतान्याहु

logo
एएनआई,
प्रकाशित २०७८ असार २७ आइतबार
pm-benjamin-netanyahu.jpg

तेल अभिभ । इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ बर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरिदिएका हुन् । 

प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरुले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो । 

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी देशको प्रमुख विपक्षी दलको नेता बनेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातमा रहेको उनकै आफ्नै घरमा बस्न लागेका छन् ।  प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उनी प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिएका हुन् । 

विषेश एक सम्झौतापछि उनको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बनेका छन् । उनले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेर्का थिए ।



नयाँ