arrow

भारत बोइङद्वारा बेंगलुरुमा कोभिड विशेष अस्पताल सञ्चालन

logo
एजेन्सी
प्रकाशित २०७८ असार २७ आइतबार
boeing-covid-hospital-india.jpg

बेंगलरु। कोरोना भाइरस महामारीको समयमा भारत बोइङले बेंगलुरुमा अस्पताल सञ्चालन गरेको छ। भारतीय एयरस्पेस कम्पनी भारत बोइङले बेंगलुरुमा अक्सिजन सहितको दुई सय शय्या क्षमताको अस्पताल सञ्चालन गरेको छ।

कोरोना भाइरसको महामारीमा  कर्नाटक राज्यमा पनि ठुलो असर परेको बेला एयरस्पेस कम्पनी भारत बोइङले बेंगलुरुमा अक्सिजन सहितको दुई सय शय्याको अस्पताल सञ्चालन गरेको कर्नाटकका मुख्यमन्त्री बीएस् यदियुरप्पाले बताएका छन्।

कोभिड बिरामीको उपचारमा अक्सिजन ग्यास आपूर्ति सहजताका लागि बेंगलुरुको यलहंकास्थित ग्यास ऊर्जा कारखाना केपीसीएल् नजिकै भारत बोइङले दुई सय शय्याको अस्पताल सञ्चालन गरेको छ। कर्नाटक राज्यमा कोरोना सङ्क्रमण र अक्सिजन अभावको अवस्था जटिल बनेको भन्दै राज्य सरकारले अक्सिजन आपूर्तिका लागि केन्द्र सरकारलाई माग गरेको छ।

कोरोना भाइरस सङ्क्रमणले कर्नाटका राज्यमा १ दशमलव २१ प्रतिशत मृत्युदर पुगेको बेला भारत बोइङले कोभिड विशेष अस्पताल सञ्चालन गरेको हिन्दुस्तान टाईम्सले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ