- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई खारेज गरेपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुगेको बताएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि श्रेष्ठले फैसलाको स्वागत गरेका हुन् ।
उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको छ । यसको हामी स्वागत गर्दछौं । प्रतिगमनको बिरुध्द संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’