arrow

अमेरिकाले दिएको पाँच लाख डोज मोडर्ना खोप भुटानलाई प्राप्त

logo
रासस-एएनआई,
प्रकाशित २०७८ असार २९ मंगलबार
moderna.jpg

नयाँ दिल्ली। अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको पाँच लाख खोप भुटानलाई प्राप्त भएको छ । भुटानको पेट्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खोप आइपुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाले भुटानलाई मोडर्ना खोप उपहारस्वरूप प्रदान गरेको हो ।  

भारतस्थित अमेरिकी दूतावासले पनि वक्तव्य प्रकाशित गर्दै कोरोनाभाइरसको महामारी न्यूनीकरण गराउन सहयोग गर्ने अमेरिकी सरकारको नीतिअनुसार खोप प्रदान गरिएको जनाएको छ । 

वक्तव्यमा लेखिएको छ, “हाम्रो लामो समयदेखिको मित्र भुटान र त्यहाँका जनतालाई दुःखको बेलामा सहयोग गर्न पाउँदा हामीलाई खुशी लागेको छ, यसले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएका छौँ ।”

अमेरिकाले कोरोनाभाइरसको महामारी व्यवस्थापन गर्नका लागि भुटानलाई यसअघि १० लाख अमेरिकी डलरसमेत सहयोग गरेको थियो ।    

महामारी सुरु भएपछि देशको स्वास्थ्य सेवा विस्तारका लागि भन्दै अमेरिकाले भुटानलाई सहयोग गरेको हो । त्यसअन्तर्गत स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, उपकरण, प्रयोगशालालगायतका कार्य गर्न अमेरिकाले अनुरोध गरेको थियो । 

अमेरिकाले भुटानलाई अक्सिजन सिलिण्डर, मास्क, स्वास्थ्य उपकरणहरू, सवारी साधनहरू, भेन्टिलेटरहरूलगायत पनि उपलब्ध गराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ