arrow

बङ्गलादेशमा एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असार २९ मंगलबार
corona-bangladesh.jpg
फाइल तस्बिर

ढाका। बङ्गलादेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बङ्गलादेशमा थप १३ हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

“कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म एक दिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको यो नै पहिलो पटक हो,” एक सरकारी अधिकारीले भने।   

थपिएका सङ्क्रमितसँगै बङ्गलादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ३४ हजार ९५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।

सोमबार सार्वजनिक गरिएको विवरणमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये थप २२० जनाको मृत्यु भएको पनि उल्लेख गरिएको छ।

बङ्गलादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १६ हजार ६३९ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार बङ्गलादेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या आठ लाख ८१ हजार ५२१ पुगेको छ। तीमध्ये सात हजार २० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन्।

सरकारले सार्वजनिक गरेको आधिकारिक विवरणमा बङ्गलादेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको प्रतिशत १.१६ रहेको छ। त्यसै गरी सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ८५.१७ प्रतिशत रहेको छ।

बङ्गलादेशमा एक दिनमा सबैभन्दा धेरै जनाको मृत्यु भने गत जुलाई ११ मा भएको थियो। त्यो दिन २३० जनाको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ