arrow

खोप कार्यक्रममा संलग्न हुने भए सिनोफाम र सिनोभ्याक्स

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असार २९ मंगलबार
coronavirus-vaccine.jpg

बेइजिङ । कोभिड-१९ विरूद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोप कोभ्याक्स कार्यक्रममा सम्लग्न हुने भएका छन् ।

चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोपले  कोभिड-१९ खोप कार्यान्वयन योजना (कोभ्याक्स)सँग छुट्टा-छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका सिनोफार्मका एक उच्च अधिकारीले बताएका छन् । 

उक्त सन्धि अनुसार विकासोन्मुख देशमा कोभिड-१९ महामारीको रोकथाम र नियन्त्रणका लागि यी दुई कम्पनीले जुलाइदेखि कोभ्याक्सलाई खोपको आपूर्ति गर्न थालेका छन् । जसले हाल विकासोन्मुख देशमा खोपको अभाव अवस्थालाई कम पार्न र खोपको निष्पक्ष वितरण गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको कोभ्याक्स खोप अभियानको मुख्य सहयोगी संस्था गाभीले बताएको छ ।

कोभ्याक्स कार्यक्रममा हालसम्म अस्ट्राजेनेका, मोडेर्ना, फाइजर, जोनसन एण्ड जोनसनलगायत विश्वका ११ खोपकम्पनी जोडिएका छन् । 

सहमतिले डेल्टा भेरिएन्टजस्ता कोभिडका नयाँ रूपले विश्व स्वास्थ्य प्रणालीमा सिर्जना गरेको जोखिमलाई नियन्त्रण गर्न सहयोगी भूमिका निर्बाह गर्नेछ । चीनमा निर्मित दुई खोप सिनोफार्म र सिनोभ्याक्सले तत्कालै एक करोड १० लाख खोप कोभ्याक्स खोप अभियानलाई दिनेछन् भने यसलाई बिस्तारै थप गर्दै जाने सहमति पनि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ