arrow

जम्मू काश्मीर : मीर जुनैद पुल्वामाको भ्रमण जाँदै

logo
एजेन्सी
प्रकाशित २०७८ असार २९ मंगलबार
jammu-kashmir-india.jpg

पुलवामा। जम्मू काश्मीर वर्कर्स पार्टीका अध्यक्ष मीर जुनैद शनिवार पुल्वामा भ्रमणमा जाने भएका छन्। उनले उक्त क्षेत्रमा आफ्नो राजनीतिक गतिविधि गर्नेसमेत जनाइएको छ। पुल्वामाको काकापोरा क्षेत्रमा पुगेर उनले आफ्नो राजनीतिक गतिविधि सुरु गर्ने बताएका छन्। सन् २०१९ अगस्त ५ मा जम्मु काश्मीरलाई भारतको केन्द्र प्रशासित राज्य बनाउँदै धारा ३७० को खारेजीपछि पहिलो पटक पुल्वामा भ्रमणमा जान लागेका हुन्।

यात्राको क्रममा मीरले आफ्नो पार्टीको तल्लो तहका कार्यकर्तासँग भेट गर्ने र उनले यस क्षेत्रमा सामाजिक राजनीतिक सुधारका लागि काम गर्ने बताएका छन्। मीरले आफ्ना कार्यकर्तालाई आम जनताको सहयोगका लागि सधैँ उपस्थित हुन र उनीहरूको समस्यालाई उच्च अधिकारीहरू समक्ष उठाएर ध्यान दिनसमेत निर्देशन दिएका छन्।

पुल्वामाका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिमण्डल मीर जुनैनासँग भेट गर्ने र उनीहरूले सामना गरिरहेका मुद्दाहरूको बारेमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ । मीरले उनीहरूलाई उनीहरूको समस्याहरूको समाधान गर्न आफूले पहल गर्नेसमेत आश्वासन दिएका छन् । 

मीरले स्थानीयहरूलाई पनि आफ्नो क्षेत्रको विकासको प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन् । मीरले जम्मु काश्मीर केन्द्र प्रशासित राज्य बनेपछि विकासका धेरै कामहरू भएको र सर्वसाधारणले धेरै सुविधाहरू उपभोग गर्न पाएकोसमेत बताएका छन् ।

मीरले आउँदो पञ्चायती चुनावमा भाग लिन र जनताको हातमा विकास योजनाको नियन्त्रण लिनसमेत आग्रह गरेका छन् । मीर जुनैदले समाजमा पञ्चायतको भूमिका र उनीहरूले लोकतन्त्रलाई जीवनमा ल्याउनको लागि कत्तिको महत्त्व रहेको छ भनेर पनि बुझाएका छन् । 

मीरले जनतालाई भने कि उनीहरूको समस्या समाधान गर्न उनका कार्यालय जम्मू काश्मीरका साधारण जनताका लागि खुला छ र उनले आफ्ना जनताको सङ्घर्षसँगै आफ्नो सङ्घर्षलाई एकीकृत गर्ने कुरा सुनिश्चित गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ