arrow

अमेरिकाद्वारा तियानमेन स्क्वायर म्युजियमसँग सम्बन्धित रहेका हङकङका अधिकारीहरूको निन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
tiananmen-square-museum-china.jpg
फाइल तस्बिर

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले तियानमेयन स्क्वायर म्युजियमसँग नजिक रहेका हंगकंगका अधिकारीहरूको निन्दा गरेको छ । सन् १९८९ जुन ४ मा भएको तियानमेन स्क्वायर नरसंहारको सम्झनामा सङ्ग्रहालय बनाउन लागेको र स्मृति दिवसको कार्यक्रम गर्न हङकङका अधिकारीहरू सक्रिय भएको भन्दै अमेरिकाले निन्दा गरेको हो । 

संयुक्त राज्यले अमेरिकाले हङकङका अधिकारीहरूले गरेका कार्यहरूको भर्त्सना गरेको छ । जसले आयोजकहरूलाई १९८९ को तियानानमेन स्क्वायर नरसंहारको उपलक्ष्यमा जुन ४ मा सङ्ग्रहालय बन्द गर्न उक्साएको अमेरिकी विदेश विभागका उपप्रवक्ता जलिना पोर्टरले टेलिफोन ब्रीफिंगमा भ्वाइस अफ अमेरिकालाई बताइन् । 

 'हङकङ र बेइजिङका अधिकारीहरूले इतिहासबाट भयावह नरसंहार मेटाउनका लागि असहमतिजनक आवाजलाई चुप लाग्न जारी राखेको पोर्टरले थपे । यसैबीच तियानमेन स्क्वायर नरसंहारको ३२ औँ वार्षिकोत्सवमा लोकतन्त्र समर्थक हंगकंगका अभियानकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

हङकङ र मकाउमा मात्रै तियानमेन नरसंहारको स्मृतिमा कार्यक्रम गर्ने गरेको बिबिसीले जनाएको छ । सन् १९८९ मा प्रजातन्त्रको पक्षमा वकालत गर्नेहरूलाई नरसंहार गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ