arrow

भारतले कोभिड खोपको मिश्रणको प्रभावकारिता र सुरक्षाको अवस्थाबारे परीक्षण गर्दै

logo
एजेन्सी
प्रकाशित २०७८ असार २९ मंगलबार
corona-vaccine-inida-women.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। भारतले कोरोना भाइरसको सङ्क्रमण विरुद्धको खोपको मिश्रण गर्ने परीक्षण सुरु गर्ने भएको छ । कोरोना खोपको मिश्रणको सुरक्षाको स्थिति, इम्युनोजेनेसिटी र प्रभावकारिताबारे परीक्षण गरिने भएको हो । 

यसका लागि भारतले विभिन्न खोपहरूलाई मिश्रण गर्ने भएको छ । पहिलो चरणमा कोभ्याक्सिन, कोभिशिल्ड र स्पुतनिक भी खोपको मिश्रण गर्ने भएको हो । भारतमा यी तीन खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएर खोप अभियान सञ्चालन भइरहेको छ । 

आगामी दिनमा अनुमतिको पर्खाइमा रहेको खोपहरूको पनि मिश्रण गर्ने र प्रभावकारिता परीक्षण गर्ने जनाइएको छ । 

यसअघि बेलायत र स्पेनमा गरिएका केही अध्ययनहरूले खोपको मिश्रण बढी प्रभावकारी देखिएको छ । बेलायत र स्पेनमा फाइजर र एस्ट्राजेनेका खोपको मिश्रणको परीक्षण गर्दै यसको प्रभावकारिता अध्ययन गरिएको थियो । 

यद्यपि भारतमा भने यो अवधारणा वैज्ञानिक रूपमा त्यति सहज नभएका कारण हालसम्म सञ्चालन नगरिएको र पर्याप्त प्रमाणबिना यसलाई सुरु गर्न नसकिने बताइएको थियो । तर, बेलायत र स्पेनमा सफल भएपछि भारतमा पनि यसको परीक्षण थालिएको हो । 

भारतका एक उच्च अधिकारीले यो वैज्ञानिक रूपमा पनि सम्भव भएको र भारतजस्तो मुलुकमा बढी प्रभावकारी हुने अपेक्षा गरिएको जानकारी दिए । तर, यसलाई खोप प्रोटोकलका लागि भने मान्यता दिइएको छैन । यसको पर्याप्त र भरपर्दो प्रमाण नआएसम्म खोप प्रोटोकलको मान्यता दिन नहुनेसमेत बताइएको छ । आगामी दुई महिनाभित्रै यसको परीक्षण थालनी गरिनेसमेत बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ