arrow

भारतको जिडिपी जनवरीदेखि मार्च त्रैमासिकमा १.६ प्रतिशतले वृद्धि

logo
एजेन्सी
प्रकाशित २०७८ असार २९ मंगलबार
india-gdp-growth.jpg

नयाँ दिल्ली। जनवरीदेखि मार्चको त्रैमासिक समीक्षामा भारतको अर्थतन्त्र १.६ प्रतिशतले वृद्धि भएको छ । तर यो आर्थिक वर्षमा भारतको अर्थतन्त्रमा ७.३ प्रतिशतको सङ्कुचन भएको छ । सोमबार सार्वजनिक भएको तथ्याङ्क अनुसार कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि भने केही सङ्कुचन आएको पाइएको हो । 

तथ्याङ्क सार्वजनिक हुनुअघि रोयटर्सले गरेको सर्वेक्षणमा अर्थशास्त्रीहरूले मार्चसम्मको त्रैमासिकमा एक प्रतिशतले वृद्धि हुने अपेक्षा गरेका थिए। गत वर्षको जुनदेखि सेप्टेम्बरसम्म भने सङ्कुचन आएको थियो। डिसेम्बरमा सकारात्मक परिवर्तन हुनु अघिको तेस्रो त्रैमासिकमा ०.५ प्रतिशतले वृद्धि भएको थियो। भारतको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो बिस्तारै ०.४ प्रतिशतका दरमा वृद्धि हुँदै जाने प्रक्षेपण गरिएको थियो। 

मार्च क्वार्टरको वृद्धि दर घरेलु मागको विस्तारको आधारमा सञ्चालित थियो। घरेलु उपभोग एक वर्षमा २.७ प्रतिशतले बढेको छ, जबकि निजी तथा सार्वजनिक लगानी १० प्रतिशतले वृद्धि भएको छ।

पछिल्ला जिडिपी बजारले अपेक्षा गरेको भन्दा राम्रो भएको देखिएको छ। बैंग्लोर स्थित डा. बीआर अम्बेडकर स्कूल अफ इकोनमिक्स विश्वविद्यालयका कुलपति एनआर भानुमूर्तिले खानी र व्यापारबाहेक, होटेल र यातायातलगायतका अन्य क्षेत्रहरूमा पनि राम्रो प्रदर्शन गरेको जनाएका छन्।

यद्यपि दक्षिण एसियाली राष्ट्र भारतको १.३ बिलियन जनसङ्ख्या कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेको छ। यसले चालु चालू आर्थिक वर्षलाई पनि प्रभावित पार्न सक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ