arrow

भारतीय पहिलो कोरोना पोजेटिभ फेरि पनि संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
covid-test-positive-corona.jpg

काठमाडौं । भारतीय पहिलो कोरोना संक्रमित फेरि पनि संक्रमित भएको खवर छ । भारतको केरलस्थित थ्रिसूरमा रहने उनी पुनः संक्रमित भएकी हुन् । 

उनी गत वर्ष २०२० को जनवरी ३० मा संक्रमित भएकी थिइन् । भारतमा कोरोना जनवरी ३० मा देखिएको थियो । दोस्रो पटक पोजेटिभ देखिएकी उनी घरमै क्वारेन्टिनमा रहेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

उनी मेडिकल विद्यार्थी थिइन् । उनी चीनको वुहानबाट भारत फर्केकी थिइन् । कोरोनाबाट ठीक भएको डेढ वर्षपछि उनलाई फेरि कोरोना भएको हो । 

डा. केजी रीनाका अनुसार उनमा अहिले कुनै लक्षण छैन । उनी एसिम्टोमेटिक हुन् । उनले अहिलेसम्म कोरोनाको खोप लगाएकी थिइनन् । 

भारतमा थुप्रै जना दोस्रो पटक संक्रमित भइसकेका छन् र कतिपयको ज्यान पनि गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ