arrow

बङ्गलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले भने : भारत चीनको रणनीतिक प्रतिद्वन्द्वी होइन

logo
एजेन्सी
प्रकाशित २०७८ असार ३० बुधबार
chinese-ambassador-li-jiming-bangaladesh.jpg

काठमाडौँ। बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले भारतलाई कहिले पनि चीनको रणनीतिक प्रतिद्वन्द्वी रूपमा नहेरेको बताएका छन्। उनले भारत एक असल छिमेकी मुलुक भएको समेत बताएका हुन्।  

“म भन्छु, हामी भारतलाई कहिले पनि रणनीतिक प्रतिद्वन्द्वीका रूपमा लिँदैनौँ। हामी अझै पनि आशा गर्दछौँ कि चीन भारत सम्बन्ध सुधार्न सकिन्छ। त्यसैले, चीनले भारतप्रति कुनै वैमनस्य वा प्रतिद्वन्द्वी मनोवृत्ति राख्न चाहन्छ भन्ने कल्पना पनि नगर्नुहोस्,“  राजदूतले भने।

कन्समोस फाउन्डेसनले आयोजना गरेको बङ्गलादेश चीन सम्बन्ध : भविष्यका लागि निदान शीर्षकको एक अनलाइन गोष्ठीमा उठेका प्रश्नको उत्तर दिँदै उनले गरेका यी टिप्पणीहरू बिहीबार साँझ आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन्।

कार्यक्रममा कस्मोस फाउन्डेसनका अध्यक्ष एनायतुल्लाह खान, विख्यात विद्वान कूटनीतिज्ञ डा. इफ्तेखार अहमद चौधरी लगायत सहभागी थिए।साथै सेवा निवृत्त राजदूत.तारिक ए करीम, सीपीडी विशिष्ट फेलो डा. देबप्रिया भट्टाचार्य, पूर्व विदेश सचिव शमशेर एम चौधरी, युन्नान विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन संस्थानका सहायक अनुसन्धानकर्ता डा. जउ यिंगमेलन, चीन अन्तर्राष्ट्रिय अध्ययन संस्थानका सहायक अनुसन्धान फेलो डा नि शेंगान, पूर्व राजदूत सेराजुल इस्लाम र ढाका विश्वविद्यालयका प्राध्यापक डा. रासेद अल महमूद टिटुमिरले उक्त छलफलमा भाग लिएका थिए।

चिनियाँ राजदूतले दुवै देशहरू मिलेर काम गरिरहेका थुप्रै प्लेटफर्महरूबारे पनि उल्लेख गरेका थिए। उनले थपे, हामी अझै धेरै धेरै राम्रा साथ काम गरिरहेका छौँ ।

कुनै पनि चिनियाँ बौद्धिक व्यक्ति, जो राम्रोसँग शिक्षित छ, उसले भारत र बङ्गलादेशप्रति विशेष भावना राख्ने पनि उनले बताएका छन् । छलफलमा उनले क्वाड मुलुकहरूको विषय पनि उठाएका थिए । उनले बङ्गलादेशले क्वाड बैठकहरूमा सहभागी नहुनेमा पनि विश्वास व्यक्त गरेका छन् । 

अमेरिका, अस्ट्रेलिया, जापान र भारतबिच चार देशीय गठबन्धनलाई बेइजिङ विरोधी मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ