arrow

'अफगानिस्तानबाट सेना फिर्ता गर्नु गल्ती हो' : जर्ज डब्लु बुस

logo
एजेन्सी
प्रकाशित २०७८ असार ३० बुधबार
george-w-bush1.jpg

काठमाडौं। पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानबाट सेना फिर्ता गर्नु गल्ती भएको बताएका छन्। सन् २००१ देखि सन् २००९ सम्म अमेरिकी राष्ट्रपति रहेका बुसकै पालामा सन् २००१ मा अमेरिकी र नाटोको सेनाले अफगानिस्तानमा तालिबानविरुद्ध युद्ध सुरु गरेको थियो। त्यसको २० बर्षपछि सन् २०२१ को सेप्टेम्बरमा ११ मा सबै सेना फिर्ता लैजाने घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गरेको छ।

यसबीच बुधबार जमर्न मिडिया एवं ब्रोडकास्टर डचवेलेसँग बोल्दै पूर्व राष्ट्रपति बुसले अमेरिकी सेना फिर्तीले अफगानी नागरिकलाई तालिबान सामु 'मर्न छाडेको' भन्दै आलोचना गरेका हुन्।

उनले भनेका छन्, 'अफगानी महिलाले व्याख्या गर्न नसकिने पीडा भोग्ने भएका छन्, यो गल्ती हो..., यीनीहरु  क्रुर मानिसहरुबाट मारिनका लागि छोडिन लागेका छन्, यसले मेरो मन दुखेको छ।'

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको महलापछि ओसामाबिन लादेन र तालिबानविरुद्ध लड्न अमेरिकी र नाटोको सेना अफगानिस्तान छिरेको थियो।

तर, लादेनलाई मारिए पनि तालिबान भने अफगानिस्तानको आधाभन्दा बढी क्षेत्रमा अझैं सक्रिय छ। यस्तो बेला अमेरिकाले युद्ध समाप्त गर्दै सेप्टेम्बर ११ कै मितिमा  आफ्नो सेना फिर्ता लगिसक्ने भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ