arrow

'परमाणु बम बनाउन युरेनियम उत्पादन गर्ने' इरानको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
iran-president.jpg

काठमाडौं । कार्यकालको अन्तिम तिर पुगेको इरानका राष्ट्रपति हसन रुहानीले ९० प्रतिशत शुद्धताको युरेनियम उत्पादन गर्नसक्ने बताएका छन् ।

आउँदो महिना कार्यकाल सकिन लागेका राष्ट्रपति रुहानीले मन्त्रिपरिषद्मा बोल्दै चाहिएको बेला ९० प्रतिशत शुद्ध युरेनियम उत्पादन गर्ने र त्यसकालागि इरानसँग क्षमता रहेको छ भन्दै चेतावनी दिएका हुन् ।

तर, अझैं पनि इरान सन् २०१५ को आणविक सम्झौताप्रति वफादार रहेको उनको भनाइ छ ।

सन् २०१५ अमेरिका, इरानलगायत विभिन्न देशबीच भएको आणविक सम्झौता अनुसार इरानले करिब ४ प्रतिशत शुद्ध युरेनियम मात्रै उत्पादन गर्न पाउँछ ।

तर, सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट हात झिकेसँगै इरानले अहिले थोरै मात्रामा ६० प्रतिशत शुद्ध युरेनियमसमेत उत्पादन गरिरहेको छ ।

आउँदो महिना इरानमा राष्ट्रपतिको कार्यभार नवनिर्वाचित राष्ट्रपति इब्राहिम रैसीले सम्हाल्दै छन् ।

उनले पनि इरानको आणविक गतिविधिलाई बढाउने आशंका गरिएको छ । अमेरिकी प्रतिबन्धबाट बच्न आणविक सम्झौतामा आउन इरान चाहे सम्झौता हुन सकेको छैन् ।

यस्तो अवस्थामा इरानले परमाणु हतियार बनाउन चाहिने ९० प्रतिशत शुद्ध युरेनियम उत्पादनको चेतावनी दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ