arrow

विश्वकै ठुलो कार्गो विमान मार्फत बेलायतद्वारा भारतमा स्वास्थ्य सामाग्री ढुवानी

logo
एजेन्सी
प्रकाशित २०७८ असार ३१ बिहिबार
cargo-aircraft-corona-covid-india-uk.jpg

नयाँ दिल्ली। कोरोना भाइरस महामारी विरुद्धको लडाईमा बेलायतले भारतमा स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको छ। बेलायतले कोरोना भाइरस विरुद्धका स्वास्थ्य सामाग्रीहरू विश्वकै ठुलो कार्गो विमान मार्फत भारतमा पठाएको हो।

बेलायतले विश्वकै ठुलो कार्गो विमान एन्टोनोभ वानटुफोर मार्फत १८ टन अक्सिजन जेनरेटर र एक हजार भेन्टीलेजरहरू भारतमा पठाएको हो।

बेलायतको विदेश मन्त्रालयको कोष अन्तर्गत भारतमा कोरोना भाइरस विरुद्ध स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

उपलब्ध गरिएको प्रत्येक तीन वटा अक्सिजन जेनरेटरले एकै पटक पचास जना मानिसहरूलाई पुग्ने अक्सिजन उत्पादन गर्दछ।

बेलायती प्रधानमन्त्री बोरिस् जोनसोनले कोरोना महामारीको सङ्कटमा भारतलाई सक्दो सहयोग गर्ने बताउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ