- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार चीनको सिन्जियांग प्रान्तमा उत्पादित बस्तुमाथि प्रतिबन्ध लगाउन सक्ने कानुन पास गरेको छ ।
चीनको सिन्जियांग प्रान्तमा उइगर मुस्लीम समुदायमाथि नरसंहार र जबरजस्ती श्रमशोषण भइरहेको अमेरिकी आरोप छ । यसैकाे राेकथामका लागि अमेरिकाले याे कानुन अघि सारेकाे हाे ।
उइगर जबरजस्ती श्रम रोकथाम कानुनले सन् १९३० मा जारी ट्यारीफ ऐन अन्तर्गत सिन्जियांगमा उत्पादित बस्तुहरुको उपयोगमाथि प्रतिबन्ध लगाउन सक्ने छ ।
सिनेटमा सर्वसम्मतले पारित कानुनले अब, जबरजस्ती श्रम गराएको प्रमाण पाइएका कुनै पनि बस्तुमाथि प्रतिबन्ध लगाउन सक्नेछ ।
यो कानुनमा अमेरिकी राष्ट्रपति जो बाइडेले हस्ताक्षर गर्नुअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले पनि पास गर्नुपर्नेछ । यो प्रक्रिया कहिले अघि बढ्छ भन्ने टुंगो लागिसकेको छैन् ।
डेमोक्र्याट सिनेट जेफ मर्क्लेसँग मिलेर रिपब्लिकन सेनेटर मार्को रुबियोले पेश गरेको कानुन चाँडै पास गर्न हाउस अफ रिप्रेजेन्टेटिभ्स्लाई आग्रह गरिएको छ ।