arrow

कोरोनाको चौथो लहरमा रहेको कोरियाको अवस्था

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असार ३१ बिहिबार
south-korea-export.jpg

सोल ।  दक्षिण कोरियामा कोभिड १९का संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए । 

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा धेरै अर्थात् १ हजार ६०० जना भेटिएको बताएका छन् । 

हुनत अघिल्लो दिनको तुलनामा यहाँ १५ जना घटेका छन् । मंगलबार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको दश दिनदेखि निरन्तर रुपमा कम्तीमा पनि एक हजारजना संक्रमितहरु देखिएका हुन् । 

योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ७३ हजार ५११ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।    पछिल्ला हप्ताहरुमा यसरी संक्रमितको संख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका हुन् ।

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले यही जुलाई १ देखि यता देशैभरि संक्रमितको संख्या बढेको बताएको छ । यहाँ पछिल्ला केही दिनयताको देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी देखिएको छ ।

यही तथ्यांककै आधारमा यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।   बुधबार मध्यराति अर्थात् २४ घन्टा यताको गणनामा देखिएका संक्रमतिहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ ।  कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।

यहाँ अहिलेसम्म २ हजार ५० जनाको कोभिड संक्रमणकै कारण ज्यान गएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुका  अनुसार यहाँको मृत्यु दर १.१८ प्रतिशत रहेको पाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ