- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काबुल। अमेरिकाले अफगानिस्तानमा आतङ्कवाद विरुद्ध युद्धको लक्ष्य हासिल भएको बताए पनि अल कायदाको खतरा अझै बाँकी रहेकोबारे आशङ्का यथावत् छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा आफ्नो सेनाले आतङ्कवादी सङ्गठन अल कायदालाई कमजोर बनाएको दाबी गरेका छन् । गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकी सेनाले अफगानिस्तानमा अल कायदा आतङ्कवादी गतिविधि कमजोर बनाएको र ओसामा बिन लादेनलाई न्याय गरेको बताएका थिए।
अफगानिस्तानमा अल कायदा आतङ्कवाद विरुद्ध विगत २० वर्ष लामो समयको बहादुरी र त्याग पछि अब अमेरिकी सेना घर फर्कने राष्ट्रपति बाइडेनले बताएका थिए ।
राष्ट्रपति बाइडेनको यस्तो भनाई पछि अल कायदाले भने अमेरिकाले अफगानिस्तान मात्र नभएर सबै ईस्लामिक मुलुकहरू छोड्नुपर्ने बताएको थियो । अफगानिस्तानमा अल कायदा सहित समग्र आतङ्कवाद विरुद्धको युद्ध सफल भएको बताइए पनि मुख्य अल कायदाको खतरा अझै बाँकी रहेको प्रश्न यथावत् छ ।
अफगानिस्तान सरकारले अल कायदा सहित विभिन्न २० आतङ्कवादी समूहहरू विरुद्ध युद्ध गरिरहेको बताएको छ । अफगानिस्तान गुप्तचर निकायको अनुसार अल कायदाले मुलुकमा अन्य आतङ्कवादी समूहहरूसँग रणनीतिक, गुप्तचरी तथा वैचारिक सम्बन्ध कायम गरिरहेको छ ।
अल कायदाले पाकिस्तानमा आधारित आतङ्कवादी समूह लस्कर ए तैबा, पाकिस्तानी तालिबान, अन्सर उल इस्लाम, सिपाह इ सहाबा, लस्कर ए झुंग्वी, इस्लामिक मुभमेन्ट अफ उज्वेकिस्तान, ताजकिस्तान जमत अन्सरुल्लाह जस्ता आतङ्कवादी समूहहरूसँग सम्बन्ध कायम राखेको अफगानिस्तानको गुप्तचर निकायले बताएको छ ।
अफगानिस्तानमा ३४ वटा प्रान्तहरूमध्ये १९ वटा प्रान्तहरूमा तालिबानसँग सम्बन्धित रही अल कायदा सक्रिय रहेको सरकारी तथ्याङ्कले देखाएको छ । अफगानिस्तानमा अल कायदासँग अरब मुलुकहरू, पाकिस्तान, बङ्गलादेश, बर्मा, मालदिभ्स, उज्वेकिस्तान, किर्गिस्तान, चेचेन्या, टर्की लगायत मुलुकका करिब छ सय सम्म सशस्त्र लडाकुहरू रहेको अफगान गुप्तचर संस्थाले जनाएको अफगानिस्तान टाईम्सले लेखेको छ।
http://www.afghanist