arrow

पाकिस्तानमा अस्पतालमाथि आक्रमण गर्ने दोषीमाथि कारबाहीको माग, सेवा ठप्प गर्ने चिकित्सकहरूको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
Pakistan-Flag.jpg.jpeg

इस्लामाबाद। पाकिस्तानको पेशावरस्थित अस्पतालमा आक्रमण भएपछि चिकित्सक समूहले सबै सेवा ठप्प गर्ने चेतावनी दिएका छन्। पाकिस्तानको पेशावरस्थित एक कोभिड १९ विशेष अस्पतालमा आक्रमण भएपछि चिकित्सक समुदायले सेवा ठप्प गर्ने सरकारलाई चेतावनी दिएको हो। 

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) की सांसद निघत ओरक्जाईले अस्पतालमा भिड र आक्रमण गर्न उत्प्रेरित गरेको भन्दै चिकित्सक समूहले सरकारसमक्ष उनीमाथि कारबाहीको माग गरेको छ। पीपीपी दलकी सांसद ओरक्जाईमाथि कारबाही नभएसम्म अस्पतालका सबै सेवा ठप्प पार्ने चिकित्सक समूहको चेतावनी छ।

अस्पतालमा सांसद ओरक्जाई र उनका समर्थकहरूले स्वास्थ्यकर्मीहरूमाथि अपमानजनक शब्द प्रयोग गर्दै उत्पीडन गरेको चिकित्सकहरूको आरोप छ। चिकित्सकहरूले सुरक्षा ऐन अन्तर्गत सांसद ओरेक्जाई सहित आक्रमणका अन्य दोषीहरूमाथि कारबाही गर्न माग गरेका छन्।

खैबर पख्तुन्ख्वास्थित जमरुद क्षेत्रमा विद्रोही समूहहरू बीचको झडपमा गम्भीर घाइते भएका बिरामीको उपचारका क्रममा ज्यान गएपछि सांसद ओरेक्जाई सहित मानिसहरूको भीडले अस्पतालमा ढुङ्गा तथा इँटा प्रहार गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ