arrow

तालिबानसँगको गोलीवारिमा मारिए भारतीय फोटो पत्रकार दानिश सिद्धिकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
danish-siddiqi.png

काठमाडौँ । अफगानिस्तानको स्पिन बोल्दक जिल्लामा भारतीय फोटो पत्रकार दानिश सिद्धिकी मारिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका लागि भारतका प्रमुख फोटोग्राफरसमेत रहेका सिद्धिकीले पुलित्जर पुरस्कार समेत जितेका थिए ।

पुलित्जर पुरस्कार पत्रपत्रिका एवं सञ्चारमाध्यमका क्षेत्रमा दिइने ठुलो पुरस्कार हो ।

रोयटर्सकै लागि काम गरिरहेका बेला बिहीबार राति उनी मारिएका हुन् । 

सो क्रममा अफगान सेनातर्फ रहेका सिद्धिकी तालिबानसँग गोलाबारी हुँदा मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ