arrow

चिनियाँ राजदूत : प्रधानमन्त्री देउवापछि नेपाल र दाहालसँग भेट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन १ शुक्रबार
nepal-dahal.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएपछि नेपालका लागि चिनियाँ राजदूतले होउ यान्छीले दुई कम्युनिस्ट नेतासँग भेटघाट गरेकी छिन्। शुक्रवार दिउसो प्रधानमन्त्री देउवालाई बधाई दिन पुगेपछि उनले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेकी थिइन।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाललाई अनुदान सहयोगमा १६ लाख मात्रा कोरोनाको खोप दिने बताउँदै शुभकामना दिएर फर्केको केही बेरमा कोटेश्वर पुगेर एमाले नेता नेपाललाई भेटेकी हुन्।

उनले त्यहाँ वर्तमान सरकार र एमाले विवादको विषयमा कुराकानी गरेको स्रोतको दाबी छ। नेता नेपालसँग चिनियाँ राजदूतले नेपाल र चीनबिचको सम्बन्ध र नेपालको राजनीतिक अवस्था र पार्टीभित्र उत्पन्न भएको विवादबारे छलफल गरेपछि राजदूत यान्छीले पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेकी थिइन।

नेपालमा कम्युनिस्ट सरकार ढलेपछि उनले प्रचण्ड र नेपालसँग भेटघाट गरेकी हुन्। एमालेका अध्यक्ष केपी ओलीले पाँच महिनासम्म यान्छीलाई बालुवाटार निषेध गरेका थिए। पटक पटक यान्छीले भेटघाट गर्न खोज्दा पनि ओलीले समय उपलब्ध गराएका थिएनन्। यान्छीको शुक्रवारको भेटघाटलाई राजनीति र कूटनीतिक वृत्तले अर्थपूर्ण रूपमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ