arrow

ब्रजिलमा कोभिड महामारी पुन : बढ्यो, २४ घण्टामा १ हजार ४५६ जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन २ शनिबार
corona-brazil2_1617869997_1617961875.jpg
फाइल तस्बिर

साओ पाओलो। कोभिडबाट सबैभन्दा बढी प्रभावित भएका देशहरूमा रहेको ब्राजिलमा २४ घण्टामा कोभिड १९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ब्राजिलमा शनिवार त्यसको २४ घण्टा अघिदेखि गरेर एक हजार ४५६ जनाको ज्यान गएको सो मन्त्रालयले जानकारी दिएको छ। यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको सङ्ख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ।

यहाँका अधिकारीहरूले शनिवार यसअघिका दिनहरूको तुलनामा धेरै नागरिकको कोभिड सङ्क्रमणबाट निधन भएको बताएका छन्। त्यसै गरी कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि गएको २४ घण्टामा करिब ४५ हजार जना रहेको छ। यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको सङ्ख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

ब्राजिलमा दुई महिना अघि कोभिडका सङ्क्रमितहरू घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो सङ्ख्या बढ्दै गएको देखिएको छ।सरकारले कोरोना भाइरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरूलाई खोप दिने कामलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गरेको छ।

ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी सङ्क्रमणमा परेको सहर हो। ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितहरूमा २५७ जनाको निधन भएको तथ्याङ्कले देखाएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ