arrow

खोलाले बगाउँदा एक युवक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २ शनिबार
flood-river.jpg
फाइल तस्बिर

पोखरा । गोरखामा खोलाले बगाउँदा एक युवक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा गोरखा चुमनुब्री गाउँपालिका–३ घट्टेखोलाका ३० वर्षका विजय गुरुङ रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार शुक्रबार राति ११ बजे उनलाई ठाडो खोलाले बगाएको हो ।

वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले दिएको जानकारी अनुसार गुरुङ दिदीलाई लिएर घर आउँदै गर्दा खोला माथिको काठेपुलबाट खसेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ