arrow

इङ्गल्याण्डमा कोरोना बढ्यो, दुवै खोप लगाएका स्वास्थ्य मन्त्री पनि कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
sajid-javid-england-health-minister.jpg
तस्वीर– इङ्गल्याण्डका स्वास्थ्य मन्त्री साजिद जाविद ।

काठमाडौं । इङ्गल्याण्डमा कोरोना भाइरसको महामारी फेरि बढेको छ । शनिबार विश्वकै सबैभन्दा बढी संक्रमित इङ्गल्याण्डमा थपिएका छन् । 

इङ्गल्याण्डमा ५४ हजार ६७४ जना थपिएका हुन् । शनिबार ४१ जनाको ज्यान गएको छ । तेस्रो लहर पनि आइरहेको बताइँदा इङ्गल्याण्ड प्रभावित भएको हो । 

शनिबार विश्वभरमा ४ लाख ९८ हजार ६७६ जना संक्रमित थपिँदा सबैभन्दा बढी इङ्गल्याण्डका हुन् । 

संक्रमित हुनेमा स्वास्थ्य मन्त्री साजिद जाविद पनि रहेका छन् । खोपको दुवै मात्रा लगाएका मन्त्री साजिदले शनिबार राति पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । 

उनले शुक्रबारमात्रै प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गरेका थिए । जोन्सन भने यसअघि नै संक्रमित भइसकेका छन् । उनी भेन्टिलेटरमा पुगेर फर्केका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ