arrow

प्रधानमन्त्री देउवाबाट भारतीय समकक्षी मोदीप्रति आभार व्यक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
deuba-modi.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै आइतबार राति मोदीले देउवालाई सामाजिक संजाल ट्वीटरमार्फत बधाई दिएका थिए । त्यसको एक घण्टापछि देउवाले सामाजिक संजालबाटै आभार व्यक्त गरेका हुन् । 

देउवाले मोदीसँग दुई देश र जनताको सम्बन्ध थप मजबुद बनाउन नजिक रहेर काम गर्न चाहेको उल्लेख गरेका छन् । 

देउवाले विश्वासको मत पाएको घोषणा भए लगत्तै मोदीले सामाजिक संजालमार्फत बधाई दिएका थिए । उनले सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका थिए । 

यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएको केही क्षणमै बधाई दिएका मोदीले देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ६ दिनसम्म पनि बधाई नदिँदा भने भारतले देउवालाई नरुचाएको विश्लेषण भएको थियो । 

तर देउवाले विश्वासको मत जितेपछि मोदीको बधाई आउँदा दक्षिणी छिमेकीले नेपालमा स्थायी सरकार खोजेको रहेछ भन्ने स्पष्ट भएको छ । 

नेपालका लागि भारतीय राजदूतले भने यसअघि नै देउवालाई बधाई दिएका थिए । देउवाले संसदमा विश्वासको मत माग्दा पनि छिमेकी देशहरु भारत र चीनसँग सम्बन्ध प्रगाढ बनाउने बताएका थिए । उनले कसैको पक्ष नलागी छिमेकी देशहरुसँग प्रगाढ सम्बन्ध बनाइराख्ने आफूहरुको कर्तव्य भएको  पनि बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ